Sunday, August 31, 2014

पुरै ९० हजार कमाए आइबिएनका एक टिमले ।

आइबिएन नेटवर्क युवाहरुको एक भेला हो । जुन भेलामा युवाहरुको स्वरोजगारको बहस हुन्छ । बेरोजगार भएर बसेको फुर्सदिला र सक्षम युवाहरुको लागि आइबिएन टिमले बिदेशको इन्टरनेट प्रोजेक्टहरुलाई नेपालमै बसेर काम गरी कमाउने मुख्य लक्ष्य बोकेको छ ।

त्यसो त गएको एक हप्ताअघि एक टिमले पुरै ९० हजार रुपैया आम्दानी प्राप्त गरे । उक्त टिममा ९ जना ब्यक्तिहरु थिए । प्रत्येकले रु.१०,००० आम्दानी प्राप्त गरेका छन् ।

आम्दानी प्राप्त गर्नेहरुमा सञ्जीब शाह, रामु दाहाल, बिर बहादुर दराई, शान्ति शर्मा, संगीत प्रधान(श्रेष्ठ), सुस्मीता अधिकारी, नमुना कार्की, बिबिका थापा, शर्मीला कार्की थिए ।

उनिहरुमा उत्तिकै उत्साह थियो । आगामी दिनमा अझ यसलाई ब्यापक रुपमा निरन्तरता दिने प्रण समेत ब्यक्त गरे ।

कुनै पनि बेरोजगार यूवा ब्यक्ति खाली हात बस्नु हुदैन भन्ने आइबिएनको चाहाना हो ।

Friday, August 29, 2014

भाइरलका बिरामी बढे

भोजपुर , भाद्र १३ - सातायता फैलिएको ज्वरोले अधिकांश गाउँका बासिन्दा प्रभावित छन्। स्वास्थ्य संस्थामा झाडापखाला, आउँ, रुघाखोकी, टाइफाइड, निमोनियाँ र मेनेन्जाइटिस पीडितको चाप बढेको छ।
बिरामीमा घाँटी दुख्ने, कडा ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने लक्षण देखा परेको छ। जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दिङ्ला, घोडेटार, प्याउली, इलाका स्वास्थ्य केन्द्र याकु, कुलुङ, दोभानेलगायत स्वास्थ्य संस्थामा भाइरलका बिरामी आउने गरेको जिल्ला स्वास्थ्यले जनाएको छ।
जिल्ला अस्पतालमा दैनिक डेढ सयसम्म, प्राथमिक स्वास्थ्य केन्द्र दिङ्लामा सय जना बिरामी पुग्ने गरेका छन्। जनस्वास्थ्य निरीक्षक विनोद मिश्रका अनुसार भदौ लागेपछि मात्रै हजारभन्दा बढी बिरामी स्वास्थ्य संस्थामा आएको बताए।
मूलपानी, केउरेनीपानी, तुङ्गेछा, नेपालेडाँडा, चौकीडाँडा, कुलुङ, खाटाम्मा, याकु, घोडेटारलगायत विभिन्न गाविसमा प्रकोप बढेको कार्यालयले जनाएको छ। भाइरलले ८ वर्षको बच्चादेखि ५० वर्षसम्मका प्रभावित बनेको मिश्रले बताए।

आइबिएनमा सफल भएका पहिलो पुस्ताका यूवाहरु

Samjhana Devkota and Laxmi BK qualified for Internet Marketing

Shreya Gurung is qualified for Next Project. 

Parbati Bhandari and Tikaram Gautam 

Babita KC

Bibika Thapa is qualified for Next project

Sunil Pariyar

Karim Mohammad

Binod Nepali and Suchitra Pun

Namuna Karki

Wednesday, August 27, 2014

नेपालमा आउटसोर्स अनलाइन जबको सम्भावना

-अनुज कुलुङ

आज आउटसोर्समा अवसरको कुरा गरौ । सबैभन्दा पहिले आउटसोर्स भनेको के हो ? कतिपयलाई यो बिषयमा राम्रो जानकारी पनि होला । कतिले पहिलो चोटी सुनेको होला । खैर, आजको यो लेख आउटसोर्सको बारेमा तपाई मेरो प्रिय पाठकको लागि जानकारी स्वरुप राखेको छु ।

प्रबिधीको तिब्र बिकासले आज हरेक असम्भव काम सम्भव भइसकेको छ । बिशेष गरी कम्प्युटरमा दक्ष रहेका बिद्यार्थी यूवाहरुको लागि यो आजकल आकर्षणको केन्द्रबिन्दु बनेको छ । जो संग वेब, ग्राफिक, कन्टेन्ट राइटिङ, एसइओ जस्ता सामान्य बिषयको बारेमा गहन जानकारी छ । ति ब्यक्तिहरुले सहज रुपमा आउटसोर्स काम गर्न सक्छन् । नेपालमा बिस्तारै यो बिषयमा जानकारी लिदै छन् । नेपाल प्रबिधिसम्बन्धि बिषयमा निकै पछाडि नै छ ।

इकमर्सको बिषयमा गहन रुपले अध्ययन अध्यापन नेपालमा नरहे पछि यूवाहरु अति पछि छन् । जे जति जान्दछन् । ति सबै स्वअध्ययनमा सीमित छ ।
बाहिरको काम आफ्नै देशबाट कम्प्युटर इन्टरनेटको उपयोग गरेर काम गर्नु नै आउटसोर्स हो । तपाईको सीपलाई अन्तराष्ट्रिय बजारमा बिक्रि गर्नु आउटसोर्स हो । सरल भाषामा बुझ्नुस् “आउट” को अर्थ बाह्य, “सोर्स” को अर्थ श्रोत । यानिकी बाहिर देशबाट कामको श्रोत उपलब्ध हुन्छ । जहाँ तपाईले ति काम गर्ने क्षमता र दक्षता छ भने घरमै बसि बसि काम गर्न सक्नुहुन्छ ।

काठमाण्डौ, पोखरा र धरान जस्तो मुख्य शहरमा केहि केहि आउटसोर्स काम गर्ने ब्यक्तिहरु फेला पर्छ । काठमाण्डौमा रेयन एहेम भन्ने एक यूवा सर्च इन्जिन सम्बन्धि काम गर्छन् । उनको काम गर्ने करिब ७ जनाभन्दा बढि टिम छ । उनको टिमले सहि समयमा काम गर्छन । बाहिरबाट आएको काम सहि समयमा सहि तरिकाले पुरा गर्ने हुँदा उनीहरुलाई कम्पनीले राम्रै आम्दानी पनि उपलब्ध गराउछन् । करिब एउटा प्रोजेक्टमा पन्ध्र सय डलर देखि तिन हजार डलरसम्म आम्दानी गर्छन् ।

पोखरामा महादेव सुवेदी ले हरेक दिन आफ्नै घरबाट गुगलको एक प्रोजेक्टमा काम गर्छन् । उनले यहि बसि बसि काम गरेर राम्रो आम्दानी गरिरहेका छन् । खोज्दै जाने हो भने नेपालमा यस बिषयमा काम गर्नेहरुको ताति ठुलो नै छ तर त्यसलाई ब्यवस्थित तरिकाले नेपालमा गर्न सकिरहेका छैनौ । त्यो किन हो त ? किनकी नेपालको राजनीतिक अस्थिरताको कारणले हो । राज्यले चाहाने हो भने यो काम क्षणिक रुपमा सम्पन्न हुन्छ । तर यस्तो बिषयमा राज्यको चासो छैन ।

आउटसोर्स गर्नको निमित्त तपाईसंग कम्प्युटर बिषयको कुनै पनि बिषयसंग भरपुर ज्ञान हुनुपर्छ । अहिले संसारमै सबैभन्दा चाँडै बिक्रि हुने भनेको वेब डिजाइन, ग्राफिक डिजाइन र एसइओ हो । यदि तपाईसंग यि बिषयको बारेमा भरपुर ज्ञान छ भने तपाईले फ्रिल्यान्सर वेबसाइटहरुको सहयतामार्फत आफ्नो कामको लागि बिड गर्न सक्नुहुनेछ ।

आउटसोर्सको निम्ति अंग्रेजी बिषयमा तपाईको दक्षता रहनु पनि जरुरी छ । यसले गर्दा तपाईले आफ्नो कामको बारेमा जानकारी लिन र दिनको निम्ति अंग्रेजी बिषय ठुलो माध्यम बन्छ । अनलाइन जबबाट कमाउन चाहानेहरुको लागि आउटसोर्स नै त्यस्तो अवसर हो जुन काम तपाईले संसारको कुनै पनि ठाउँमा गएर गर्न सक्नुहुन्छ । त्यो पनि तपाईको समयमा । जहाँ तपाईले कुनै बोसको खटनमा, तिनको समयमा गर्न जरुरी छैन । तपाई आफ्नो समयमा ति काम गर्न सक्नुहुन्छ । तर त्यसको लागि तपाईसंग स्तरीय काम गर्ने ढंग चाहि हुनुपर्छ ।

अष्ट्रेलियाबाट अर्चना श्रेष्ठ एक नेपाली नारीले बिगत १० बर्ष यतादेखि वेब डिजाइनमा काम गरिराख्नुभएको छ । एक आउटसोर्स वर्करको रुपमा । अर्थात अर्को भाषामा यस्तो प्रकारको काम गर्ने मान्छेलाई फ्रिल्यान्सर पनि भनिन्छ । उहाँलाई विभिन्न देशको ब्यक्तिहरुले, संस्थाहरुले वेबसाइट बनाउनको लागि आग्रह गर्छन् । आफ्नो समय मिलाएर उहाँ ति कामहरु सहज रुपमा पुरा गर्नु हुन्छ । उहाँको आम्दानी अपेक्षा गरेभन्दा अत्याधिक बढि छ । किनकी काम पनि प्रबिधिको बिषयको हुनाले पनि अरु हेरिकन बढि नै आम्दानी हुन्छ । अझ अष्ट्रेलिया देश जहाँको लोकेशनले पनि उहाँको आम्दानीमा भरपुर प्रभाव पर्छ ।
नेपालमा प्रचुर सम्भावना हुदाहुदै पनि बिद्युतको कारणले चाहेको तरिकाले आउटसोर्स काम गर्न सकिरहेका छैनौ । दैनिक बढ्दो लोडसेडिङले गर्दा यो कार्यमा अत्याधिक प्रभाव पर्छ । यसलाई नियन्त्रण गर्न सकिने हो भने बिदेशी मुद्रा नेपालमा भित्राउन एकदमै सहज हुन्छ । किनकी यो बिषयमा सिक्न सकिने ठाउँ कहि पनि छैन ।

पुर्ब उर्जामन्त्रि गोकर्ण बिष्टको भनाईअनुसार नेताहरुमा देश बिकासको प्रबल इच्छाशक्ति भएमा नेपालले दश बर्षमा दश हजार मेगावटको बिद्युत उत्पाद गर्न सक्छ भन्ने धारणा दिएका थिए । तर नेताहरुमा त्यो इच्छाशक्ति नै नभएको महशुष नेपाली जनताहरुले गरिरहेका छन् । बिश्व बिकास बैंकका बित्त निगम आइएफसीले समेत ६ खर्ब सहयोग गर्ने भनिसकेपछि सरकारले फटाफट त्यो पक्रियालाई कार्यन्वयन गरे हुन्थ्यो । तर खै । गर्ने हुन् कि हैनन् । त्यो बीचमा कति भ्रष्टचार हुन्छ । त्यो चिन्ता छ । कतिले गुन्दागर्दी हुँदो हो । त्यो चिन्ता छ । यसले खतरा निम्त्याउँछ । सरकारले गहकिलो नीतिनियम र रणनीतिक योजना बनाउने हो भने नेपाल समुन्नत बन्न कति पनि बेर लाग्दैन ।

बरोजगारी हट्छ । यूवाहरुले भरपर्दो रोजगार प्राप्त गर्न सक्छ । आउटसोर्स पनि ति मध्ये एउटा माध्यम हो । जसले कैयौलाई रोजगार दिन सक्छ । नयाँ कुरा र नयाँ प्रबिधिको बिकासलाई पनि सरकारले वास्ता गर्ने कुरा हो । यहाँ बेरोजगारी यूवालाई कसरी परिचालन गर्ने त भन्ने बिषयमा सोच बिचार र अवसर प्रदान गर्नु आजको मुल आवश्यकता हो । नभए यूवाहरुको नयाँ जनशक्तिलाई उपयोग गर्ने सहज बाताबरण तयार गर्नु पर्छ ।

नेपालमा आउटसोर्स अनलाइन जब भनेको नयाँ सोच र नयाँपन हो । जो यूवा बिद्यार्थीहरुको लागि एकदमै फाइदाजनक र आम्दानीमुलक काम भनेर मान्न सकिन्छ । यसलाई बुझ्ने प्रयाश सबैले गरौ ।

...............यो लेख पोखराबाट प्रकाशित हटलाइन राष्ट्रिय दैनिक “अवसर” भन्ने स्तम्भमा प्रकाशित भइसकेको छ । जसको स्तम्भकार अनुज कुलुङ हुन् ।

नेपालमा अल्टिमेट साइकलर

प्रस्तावना
अल्मिेट साइकलर एउटा स्वरोजगारको माध्यम हो । कुनै पनि काम गर्नलाई केहि न केहि जोखिम उठाउनु आवश्यक छ । तर अल्टिमेट साइकलर बिना जोखिमको काम हो । इन्टरनेटको माध्यमबाट तपाईले यो प्रोगामलाई सहज तरिकाले उपयोग गरेर आर्थिक उपलब्ध गर्न सक्नुहुन्छ । 

अमेरिकाको राजधानी न्युयोर्कमा यसको मुख्य कार्यलय रहेको यो कम्पनीको संस्थापक पेटर वोल्फिङ हुन् । यो प्रोगाम मल्टिप्लेक्स इन्टरनेश्नल कोअपरेशनमार्फत ल्याएको प्रोगाम हो । १४ बर्षसम्म आफ्नो कम्पनीलाई बिश्वसामु मुर्तरुप दिएका पेटरले आफ्नो कम्पनीलाई ए ग्रेडको स्तरमा स्थापित गरिसकेको छ । पेटरलाई अनलाइन बिजनेश टुल्स म्यान भनेर पनि चिन्ने गरिन्छ । 

अल्टिमेट साइकलरका अलावा मल्टिप्लेक्स ले अन्य प्रोगामहरु पनि अगाडि ल्याउदै आएको छ । पछिल्लो पटक इन्टरनेट बिजनेश कम्पनीहरुले आफ्नो प्रोगामहरु बिस्तारित रुपले बिश्वसामु ल्याइरहेको पाइन्छ । जस्तो कि गुगलले युट्युब, ब्लगर, प्लस प्रोफाइल, जिमेल अनि एडसेन्स एड जस्ता कैयौ प्रोगामहरु हामीमाझ ल्याएकै छ । जसले सबै जनताहरुले यो प्रोगामहरुको उपभोग गरेर अनेक अनेक फाइदाहरु लिइरहेको पाईन्छ । 

फेसबुकको प्रोगामले गर्दा आज बिश्वको हरेक मान्छे छिनभरमै सम्पर्कमा जाडिन सक्छ । यसले के देखाउछ भन्दा खेरी इन्टरनेटको उपयोगीता जति बढ्दै गएको देखिन्छ उति नै जनताहरुलाई फाइदा पु¥याइरहेको हामी सहजै नियाल्न सक्छौ । इन्टरनेटलाई जति सकरात्मक रुपले प्रयोग गर्न सकियो उत्ति नै हरेक ब्यक्तिमा फाइदाजनक छ । तर नकरात्मक तरिकाले प्रयोग गर्न सिक्यौ भने यसले नराम्रो बाटोमा पनि उत्तिकै लैजान्छ । 

जस्तो उदाहरणका लागि तपाई हरेक समय इन्टरनेटमा पोर्न तस्बीरहरु, पोर्न भिडिओहरु अनि अनावश्यक अस्लील च्याटहरुमात्र गर्न तिर लाग्नुभयो भने तपाईको जिबनमा उपलब्धी भनेको एकदम कम आउछ । तर त्यो समयमा तपाई कुनै कम्पनीको प्रोफाइलमात्रै अध्ययन गरेर काम गर्न सिक्नुभयो भने तपाईलाई फाइदा पनि उत्तिकै छ । 

फलस्वरुः अल्टिमेट साइकलर पनि एक त्यस्तो प्रोगाम हो । जो अनलाइनमा बसेर डलर कमाउन चाहन्छन् । माउस चलाएर काम गर्न चाहन्छन् । स्काइप तथा टिमभिउरको उपयोग गरेर काम गर्न चाहन्छन् त्यो ब्यक्तिहरुको लागि यो प्रोगाम अत्यन्तै लाभदायक छ । 

मार्केटिङ गुरु नै अल्टिमेट साइकलर हो ।  
मार्केटिङ भन्नेबित्तिकै हाम्रा नयाँ यूवाहरुमा एक प्रकारको उकुशमुकुश पैदा भएको होला । नाक खुम्च्याउने र कामलाई हेयको दृष्टिले हर्ने कारणले गर्दा असफल बन्ने गरेका हाम्रा यूवा साथीहरुलाई यो शब्दप्रति निकै चिन्ता लाग्छ । यसको एउटै कारण हो मार्केटिङ बिषयमा अध्ययन नरहेकोले । यो बिषयमा राम्रो चासो र अध्ययन हुने हो भने काम गर्न जटिल कति पनि छैन । कुनै पनि ग्राहकलाई कसरी डिल गर्ने भन्ने बिषयमा राम्रो अध्ययन गर्न जानियो र त्यसलाई कार्यन्वयन गरियो अनि धैर्यता गर्न सकियो भने यो ब्यवसाय निकै राम्ररी फस्टाउन सक्छ । 

मार्केटिङमा हरेक क्रियाकलापहरु हुन्छ । जहाँ बस्तु बिक्रि हुनु र किन्नु प्रबृतिलाई मात्र मार्केटिङ भनिन्न । एउटा बस्तु उत्पादन किन हुन्छ ? बस्तु उत्पादन भएपछि त्यसले ग्राहकलाई के फाइदा पुग्छ र यसको प्रयोग किन गरिन्छ ? यहि बिषयतिर केन्द्रित भएर बजारमा उत्पादकले बस्तु तथा सेवा उत्पादन गर्छ । 

अल्टिमेट साइकलर पनि एउटा सानो इकाइ मान्छौ हामी । वास्तवमा अल्टिमेट साइकलरले सबै ब्यक्तिको लागि धेरै कम मुल्यमा धेरै किसिमका फाइदा दिने किसीमको कार्यहरु गरिराखेको देखिन्छ । अल्टिमेट साइकलरका अलावा अन्य धेरै बिजनेशहरु पनि हामी माझ छ । तर पनि अल्टिमेट साइकलर अरुको तुलनामा थोरै जोखिममा धेरै कामहरु गर्न सकिने हुनाले हामी यो कार्य अगाडि बढाउदै छौ । 

अल्टिमेट साइकलर कसको लागि बढि उपयुक्त हुन्छ ? 
यदि तपाई फेसबुक दैनिक फेसबुक प्रयोग गर्नुहुन्छ भने तपाईले के को माध्यमबाट फेसबुक प्रयोग गर्नुहुन्छ । हुनसक्छ तपाईले आफ्नो ब्यवसाय प्रबर्धन र मनोरञ्जनको लागि फेसबुक प्रयोग गरिराख्नुभएको छ । फेसबुक, ट्वीटर तथा युट्युबहरु प्रयोग गर्दा तपाईलाइ थाहा छ कि छैन तपाईको पैसा सानो सानो हुदै खर्च भइरहेको छ । जस्तै हामीले कुनै सिमकार्ड प्रयोग गरेर इन्टरनेट प्रयोग गर्दा प्रति केबी, प्रतिजीबी सिममा रिचार्ज गर्नैपर्छ । प्रत्येक जीबी हामीले इन्टरनेट खपत हामीबाट भइरहदा त्यति नै पैसा गइरहेको हुन्छ । त्यो पैसा अधिकांश नेपाल बाहिर नै गइरहेको पाइएको छ । 

आज हरेकको मोबाइलमा इन्टरनेट प्रयोग हुन्छ । मान्नुस् प्रतिसेकेन्ड नेपालीले प्रयोग गरिरहेको मोबाइल इन्टरनेटबाट कति पैसा बाहिर गइरहेको छ । 

त्यसो त इन्टरनेटको प्रयोग गरेर आम्दानी गर्नेहरु पनि नभएका होइन । सामान्य रुपमा भन्ने हो भने साइबर चलाएर पनि कतिले काम गरिरहेकै छन् । तर नेपालको लोडसेडिङको प्रभावले त्यसलाई पुर्णता दिन सकेको छैन । 

इमेल मार्केटिङ तथा अनलाइन वर्क एबम सोसल मिडियामार्फत काम गरेर केहि काम गर्न सकिन्छ । आम्दानी गर्न सकिन्छ । त्यसको लागि पुर्ण रुपमा तालिम लिनु आवश्यक हुन्छ । सिक्नु पर्छ । तपाई सिक्न सक्नुहुन्छ । विभिन्न वेबिनार र सेमिनारहरुमार्फत । 

लक्ष्य
१००० जना यूवाहरुलाई यस ब्यवसायमा सक्रिय बनाउने र होम बेस बिजनेश तथा आउटसोर्सको काम नेपालमा भित्राउने । 

उद्धेश्य
१.अनलाइन एजुकेशनको प्रचार प्रसार गर्ने । 
२.बिना जोखिम होम बेस बिजनेश भित्राउने । 
३.यूवाहरुलाई अनलाइन मार्केटिङको बिषयमा सचेत गराउने । 
४.स्वरोजगार उपलब्ध गराउने । 
रणनीतिक योजना 
देशको १० देखि २० जिल्लाहरुमा कमसेकम ५० देखि १०० जनासम्मको यूवाहरु भेला गरेर नेपालभरी १००० जना यूवाहरुलाई स्वरोजगार दिने ।

अनलाइन बिजनेशको सहि प्रचार प्रसार गर्नु र नेपालमा यसलाई स्थापित गराउनु हाम्रो प्रयाश हो । नेपालमा बजार बिस्तारलाई नयाँ रुप पनि दिनु सिक्नुपर्छ र हरेक यूवाहरुले केहि न केहि प्रगतिउन्मुख काम गरोस् भन्ने हाम्रो धारणा हो । 

आइबिएन टिमको साप्ताहिक कार्यक्रम सम्पन्न

न्युरोड पोखरा 

अनलाइन बिजनेशलाई नेपालमा स्थापित गराउने उद्धेश्यले यूवाहरुद्धारा खोलिएको संस्था इन्टरनेट बिजनेश नेपाल आइबिएन टिमले साप्ताहिक कार्यक्रम गत बिहिबार पोखरामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा यो हप्ता अनलाइन बिजनेशमा काम गर्न सक्षम दुई युवाहरु बिर बहादुर दराई र रामु दाहाल लाई आइबिएन टिमको प्रमाण पत्र सहित २५÷२५ डलरको चेक बितरण गरेका थिए । प्रमुख अतिथि यूवा उद्यमी तथा प्रशिक्षक लोक दुरा मार्फत उक्त चेक तथा प्रमाण पत्र बितरण गरेका थिए । 

“इन्टरनेट मार्केटिङ भनेका नयाँ अवधारण बोकेको नयाँ ब्यापार प्रणाली हो । यो नयाँ प्रणाली अबको यूवाहरुले अवलम्बन गर्नुपर्छ” भन्दै यूवा उद्यमी लोक दुराले जानकारी दिए । आइबिएनसंग जोडिएर बिदेशको काम नेपालबाटै इन्टरनेटको माध्यमबाट गर्न पाएकोमा रामु दाहालले खुशी ब्यक्त गरेका थिए । बैदेशिक रोजगारमा अनुभव संगालेका बीर बहादुर दराईले इन्टरनेटको माध्यमबाट पनि काम गर्न सकिन्छ भन्ने बिश्वास पनि थिएन तर आइबिएनसंग जोडिएपछि त्यो सत्य साबित भयो भन्दै आफ्नो बिचार राखेका थिए । 

आइबिएनले अमेरिकाको विभिन्न अनलाइन बिजनेश कम्पनीहरुसंग सहकार्य गरेर नेपालमा बेरोजगारी यूवाहरुलाई उपयूक्त तालिम दिई स्वरोजगार प्रदान गर्ने कार्यक्रम अगाडि बढाइरहेको छ । यसलाई भबिष्यमा निरन्तरता दिदै यूवाहरुलाई अवसर दिइरहने र अनलाइन बिजनेशलाई सहज रुपमा फस्टाउने उद्धेश्य बोकिरहेका जानकारी आइबिएनका संयोजक सञ्जीब शाहले बताए ।

Tuesday, August 26, 2014

अनलाइन बिजनेशमा रुचि लिदैछन्ः ज्योती

ज्योती प्रधान । खाँसमा उनी भारतीय मुलकी नेपाली हो । बिगत डेढ बर्ष यतादेखि उनी पोखरामा बस्दै आएकी छिन् । उनी पोखरा महेन्द्रपुल स्थित डट कम साइबरमा समेत कार्यरत छिन् ।

 पार्ट टाइमको रुपमा उनी इन्टरनेट मार्केटिङ समेत गर्न रुचाउछिन् । पछिल्लो केहि दिन यतादेखि उनी आफ्नो ब्यक्तिगत ब्लग, फेसबुक पेज र ट्विटरलाई ब्यवसायिक रुपमा कसरी चलाउने भनेर सिकीरहेकी छिन् ।

अनलाइन बिजनेश गरेर पनि कमाउन सकिन्छ भन्ने सुनेकी थिइन् । संयोगबश उनले आइबिएनमा जोडिएर काम गर्ने तत्परता देखाइन । त्योअनुरुप उनले अनलाइनको अहिले केहि बिषयहरुमा आधारीत भएर तालिम समेत लिइरहेको बताउछिन् ।

हेरौ ज्योतीको बाकी अनलाइन बिजनेश प्रगतिहरु के कति हुन्छ ।
शुभकामना उनलाई ।