Tuesday, August 26, 2014

नेपालमा आउटसोर्स अनलाइन जबको सम्भावना





-अनुज कुलुङ

आज आउटसोर्समा अवसरको कुरा गरौ । सबैभन्दा पहिले आउटसोर्स भनेको के हो ? कतिपयलाई यो बिषयमा राम्रो जानकारी पनि होला । कतिले पहिलो चोटी सुनेको होला । खैर, आजको यो लेख आउटसोर्सको बारेमा तपाई मेरो प्रिय पाठकको लागि जानकारी स्वरुप राखेको छु ।

प्रबिधीको तिब्र बिकासले आज हरेक असम्भव काम सम्भव भइसकेको छ । बिशेष गरी कम्प्युटरमा दक्ष रहेका बिद्यार्थी यूवाहरुको लागि यो आजकल आकर्षणको केन्द्रबिन्दु बनेको छ । जो संग वेब, ग्राफिक, कन्टेन्ट राइटिङ, एसइओ जस्ता सामान्य बिषयको बारेमा गहन जानकारी छ । ति ब्यक्तिहरुले सहज रुपमा आउटसोर्स काम गर्न सक्छन् । नेपालमा बिस्तारै यो बिषयमा जानकारी लिदै छन् । नेपाल प्रबिधिसम्बन्धि बिषयमा निकै पछाडि नै छ ।

इकमर्सको बिषयमा गहन रुपले अध्ययन अध्यापन नेपालमा नरहे पछि यूवाहरु अति पछि छन् । जे जति जान्दछन् । ति सबै स्वअध्ययनमा सीमित छ ।
बाहिरको काम आफ्नै देशबाट कम्प्युटर इन्टरनेटको उपयोग गरेर काम गर्नु नै आउटसोर्स हो । तपाईको सीपलाई अन्तराष्ट्रिय बजारमा बिक्रि गर्नु आउटसोर्स हो । सरल भाषामा बुझ्नुस् “आउट” को अर्थ बाह्य, “सोर्स” को अर्थ श्रोत । यानिकी बाहिर देशबाट कामको श्रोत उपलब्ध हुन्छ । जहाँ तपाईले ति काम गर्ने क्षमता र दक्षता छ भने घरमै बसि बसि काम गर्न सक्नुहुन्छ ।

काठमाण्डौ, पोखरा र धरान जस्तो मुख्य शहरमा केहि केहि आउटसोर्स काम गर्ने ब्यक्तिहरु फेला पर्छ । काठमाण्डौमा रेयन एहेम भन्ने एक यूवा सर्च इन्जिन सम्बन्धि काम गर्छन् । उनको काम गर्ने करिब ७ जनाभन्दा बढि टिम छ । उनको टिमले सहि समयमा काम गर्छन । बाहिरबाट आएको काम सहि समयमा सहि तरिकाले पुरा गर्ने हुँदा उनीहरुलाई कम्पनीले राम्रै आम्दानी पनि उपलब्ध गराउछन् । करिब एउटा प्रोजेक्टमा पन्ध्र सय डलर देखि तिन हजार डलरसम्म आम्दानी गर्छन् ।

पोखरामा महादेव सुवेदी ले हरेक दिन आफ्नै घरबाट गुगलको एक प्रोजेक्टमा काम गर्छन् । उनले यहि बसि बसि काम गरेर राम्रो आम्दानी गरिरहेका छन् । खोज्दै जाने हो भने नेपालमा यस बिषयमा काम गर्नेहरुको ताति ठुलो नै छ तर त्यसलाई ब्यवस्थित तरिकाले नेपालमा गर्न सकिरहेका छैनौ । त्यो किन हो त ? किनकी नेपालको राजनीतिक अस्थिरताको कारणले हो । राज्यले चाहाने हो भने यो काम क्षणिक रुपमा सम्पन्न हुन्छ । तर यस्तो बिषयमा राज्यको चासो छैन ।

आउटसोर्स गर्नको निमित्त तपाईसंग कम्प्युटर बिषयको कुनै पनि बिषयसंग भरपुर ज्ञान हुनुपर्छ । अहिले संसारमै सबैभन्दा चाँडै बिक्रि हुने भनेको वेब डिजाइन, ग्राफिक डिजाइन र एसइओ हो । यदि तपाईसंग यि बिषयको बारेमा भरपुर ज्ञान छ भने तपाईले फ्रिल्यान्सर वेबसाइटहरुको सहयतामार्फत आफ्नो कामको लागि बिड गर्न सक्नुहुनेछ ।

आउटसोर्सको निम्ति अंग्रेजी बिषयमा तपाईको दक्षता रहनु पनि जरुरी छ । यसले गर्दा तपाईले आफ्नो कामको बारेमा जानकारी लिन र दिनको निम्ति अंग्रेजी बिषय ठुलो माध्यम बन्छ । अनलाइन जबबाट कमाउन चाहानेहरुको लागि आउटसोर्स नै त्यस्तो अवसर हो जुन काम तपाईले संसारको कुनै पनि ठाउँमा गएर गर्न सक्नुहुन्छ । त्यो पनि तपाईको समयमा । जहाँ तपाईले कुनै बोसको खटनमा, तिनको समयमा गर्न जरुरी छैन । तपाई आफ्नो समयमा ति काम गर्न सक्नुहुन्छ । तर त्यसको लागि तपाईसंग स्तरीय काम गर्ने ढंग चाहि हुनुपर्छ ।

अष्ट्रेलियाबाट अर्चना श्रेष्ठ एक नेपाली नारीले बिगत १० बर्ष यतादेखि वेब डिजाइनमा काम गरिराख्नुभएको छ । एक आउटसोर्स वर्करको रुपमा । अर्थात अर्को भाषामा यस्तो प्रकारको काम गर्ने मान्छेलाई फ्रिल्यान्सर पनि भनिन्छ । उहाँलाई विभिन्न देशको ब्यक्तिहरुले, संस्थाहरुले वेबसाइट बनाउनको लागि आग्रह गर्छन् । आफ्नो समय मिलाएर उहाँ ति कामहरु सहज रुपमा पुरा गर्नु हुन्छ । उहाँको आम्दानी अपेक्षा गरेभन्दा अत्याधिक बढि छ । किनकी काम पनि प्रबिधिको बिषयको हुनाले पनि अरु हेरिकन बढि नै आम्दानी हुन्छ । अझ अष्ट्रेलिया देश जहाँको लोकेशनले पनि उहाँको आम्दानीमा भरपुर प्रभाव पर्छ ।
नेपालमा प्रचुर सम्भावना हुदाहुदै पनि बिद्युतको कारणले चाहेको तरिकाले आउटसोर्स काम गर्न सकिरहेका छैनौ । दैनिक बढ्दो लोडसेडिङले गर्दा यो कार्यमा अत्याधिक प्रभाव पर्छ । यसलाई नियन्त्रण गर्न सकिने हो भने बिदेशी मुद्रा नेपालमा भित्राउन एकदमै सहज हुन्छ । किनकी यो बिषयमा सिक्न सकिने ठाउँ कहि पनि छैन ।

पुर्ब उर्जामन्त्रि गोकर्ण बिष्टको भनाईअनुसार नेताहरुमा देश बिकासको प्रबल इच्छाशक्ति भएमा नेपालले दश बर्षमा दश हजार मेगावटको बिद्युत उत्पाद गर्न सक्छ भन्ने धारणा दिएका थिए । तर नेताहरुमा त्यो इच्छाशक्ति नै नभएको महशुष नेपाली जनताहरुले गरिरहेका छन् । बिश्व बिकास बैंकका बित्त निगम आइएफसीले समेत ६ खर्ब सहयोग गर्ने भनिसकेपछि सरकारले फटाफट त्यो पक्रियालाई कार्यन्वयन गरे हुन्थ्यो । तर खै । गर्ने हुन् कि हैनन् । त्यो बीचमा कति भ्रष्टचार हुन्छ । त्यो चिन्ता छ । कतिले गुन्दागर्दी हुँदो हो । त्यो चिन्ता छ । यसले खतरा निम्त्याउँछ । सरकारले गहकिलो नीतिनियम र रणनीतिक योजना बनाउने हो भने नेपाल समुन्नत बन्न कति पनि बेर लाग्दैन ।

बरोजगारी हट्छ । यूवाहरुले भरपर्दो रोजगार प्राप्त गर्न सक्छ । आउटसोर्स पनि ति मध्ये एउटा माध्यम हो । जसले कैयौलाई रोजगार दिन सक्छ । नयाँ कुरा र नयाँ प्रबिधिको बिकासलाई पनि सरकारले वास्ता गर्ने कुरा हो । यहाँ बेरोजगारी यूवालाई कसरी परिचालन गर्ने त भन्ने बिषयमा सोच बिचार र अवसर प्रदान गर्नु आजको मुल आवश्यकता हो । नभए यूवाहरुको नयाँ जनशक्तिलाई उपयोग गर्ने सहज बाताबरण तयार गर्नु पर्छ ।

नेपालमा आउटसोर्स अनलाइन जब भनेको नयाँ सोच र नयाँपन हो । जो यूवा बिद्यार्थीहरुको लागि एकदमै फाइदाजनक र आम्दानीमुलक काम भनेर मान्न सकिन्छ । यसलाई बुझ्ने प्रयाश सबैले गरौ ।

...............यो लेख पोखराबाट प्रकाशित हटलाइन राष्ट्रिय दैनिक “अवसर” भन्ने स्तम्भमा प्रकाशित भइसकेको छ । जसको स्तम्भकार अनुज कुलुङ हुन् ।






Monday, August 25, 2014

आइबिएनबारे बुझ्न चाहानेहरुलाई संक्षिप्त जानकारी

–एडमिन नेपाल

आइबिएन के हो ? नेटवर्किङ ब्यापार गर्ने कम्पनी हो ? अनलाइन जागिर दिने संस्था हो ? कति पैसा तिर्नुपर्छ ? मेम्बर बन्नै पर्ने हो ? पैसा तिरेपछि महिनाको कति आउछ भनेर दैनि सोध्ने यूवाहरु कम्ति छैनन् आजकल । इन्टरनेटको माध्यमबाट । अफिसमा पुरानो कमसल टेबल, एउटा मुनिको पाङग्रा खुस्केको कुर्सि, केहि पुरानो कार्पेट, सस्तो झ्यालको पर्दा सहितको एक साँघुरो कोठा जसलाई आइबिएनको अफिस भनेर नामाकरण गरिएको छ । त्यहाँ आएर बुझ्नेहरु पनि कम्तिका होइनन् । कति साथीहरुको बाध्यताले पनि त्यहाँ बुझ्न आउछन् । कतिले चासो दिएर पनि बुझ्न आउछन् । दैनिक ३ देखि ६ जना बढिले कम्तिमा आवद्ध भइरहेका हुन्छन् । मनमा एककिसीमको कन्फ्युजन लिएर पनि कतिपय पछिसम्म सोधिरहन्छन । हाम्रो पैसा फस्ने त होइन भन्दै ।

खुशीको कुरा के छ भने छोटो समयमा पनि धेरै ब्यक्तिहरुले आइबिएनमा आवद्ध भई काम गर्न इच्छा जाहेर गरिरहेका छन् । तर आइबिएनले केहि समयको पर्खाइ लिएर कुराइरहेको पनि साँचो हो । तर अब यो पर्खाइ तोडिएको छ । केहि दिनभित्रै आइबिएनले केहि सुभ समाचारहरु पस्किरहेको छ ।

आइबिएन कम्पनी होइन । यो एक अनलाइन स्वरोजगार तालिम दिने केन्द्र भनेर बुझे हुन्छ । न त यसले नेटवर्क ब्यापार नै गर्छ । नेटवर्क ब्यापार त केलाई भनिन्छ । यो हामीले बुझेकै छैनौ । यति बुझेको छौ । संसारमा त नभनिहालौ, नेपालमा नेटवर्क ब्यापार त अबैध छ । यो गर्नु भनेको अपराध गर्नु सरह हो ।

आइबिएनमा जो सदष्य बन्छ । उसले अनलाइन बिजनेशमा आवश्यक परामर्श पाउँछ । आवश्यक तालिम पनि पाउँछ । र सक्षम पढेलेख्या बेरोजगार यूवाले आफ्नो योग्यता र सीप अनुसारको अवसर पाउँछ । तर जो सदष्य बन्छ । जसले परामर्श पनि राम्ररी लिदैन । जो तालिम पनि चाँसो पुर्बक लिदैन । र जो सदस्य शुल्क तिरेर मासिक हजारौ कमाउने सपना बोकिराख्छ । त्यो सिर्फ सपना मात्र हो । त्यो आइबिएनको सदस्य त होला तर आम्दानी गर्ने ब्यक्ति पर्दैन । यहाँ काम सबैलाई बराबरी पर्छ । भनौ आइबिएन अफिस र आइबिएनमा सिक्न आउने बिद्यार्थी बिच केहि अन्तर छैन । यानिकी अफिसले पनि उहि बिद्यार्थी जति नै काम गर्नुपर्छ ताकि आइबिएन अफिस स्वयं अमेरिकन कम्पनीमा काम गर्दछ ।

आइबिएनमा आएर परामर्श निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ । अहिले त अनलाइनको माध्यमबाट यानिकी स्काइपको माध्यमबाट पनि सम्पुर्ण जानकारी प्राप्त गर्न सक्दछ । जोशुकैले । पोखरा आसपास रहने यूवाहरुको लागि सम्पर्क कार्यलय पनि हामीले बन्दोबस्त गरिसकेको छौ ।

आइबिएन एउटा अमेरिकन इन्टरनेट एफिलेट मार्केटिङ कम्पनीमा कार्य गर्ने सदस्य हो । जहाँ अन्य नेपाली बेरोजगार यूवाहरुलाई पनि उक्त कम्पनीको बारेमा राम्रो जानकारी, तालीम र सुबिधासहित उक्त कम्पनीमा आवद्ध गराई स्वरोजगार प्रदान गर्दछ । अनलाइनबाट कसरी काम गर्न सकिन्छ ? अनलाइन बिजनेश भनेको के हो यो सम्बन्धि केहि नयाँ अनुभब प्राप्त गर्दछ । अनलाइन बिजनेशबाट काम गरेर के को माध्यमबाट पैसा झिक्न सकिन्छ यसको बारेमा ब्यापक जानकारी गराई आम्दानी समेत गर्ने बाटो देखाइदिन्छ ।

बिश्वब्यापी रुपमा चल्न सक्ने अनलाइन पेमेन्ट गेटवेको बारेमा समेत तालिम उपलब्ध हुन्छ । अनलाइन मास्टरकार्ड समेत अमेरिकाको कम्पनीमा दर्ता गरी सबै आइबिएन सदस्यलाई उपलब्ध गराई सुबिधा दिने गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक त प्रयोग गर्छन् सबैले । तर त्यहि फेसबुकलाई सहि तरिकाले उपयोग गरेर कसरी पैसा कमाउन सकिन्छ । त्यसको बारेमा तालिम दिएर फेसबुक नै प्रयोग गरी आम्दानी गर्ने अवसर आइबिएनले प्रदान गर्दछ । यसैगरी ट्विटर, लिन्कदेह, जस्ता अन्य सामाजिक सञ्जाललाई प्रयोगमा ल्याएर काम गरी कमाउने अवसर प्रदान गरिदिने जर्मको आइबिएनले गर्दछ ।
अर्को महत्वपुर्ण कुरा ब्लग भनेको के हो ? ब्लगमा कस्तो कुरा लेखिनुपर्छ । किन लेखिनुपर्छ । ब्लग कसरी बनाउने । डिजाइन देखि लिएर यसमा ब्यवसायीक रुपमा लेखेर कसरी अनलाइन बिजनेश गर्ने यो पनि आइबिएनले सिकाउने गरेको छ ।
इन्टरनेटमा त आम्दानी गरिएला । ताकि बिजनेश गरेर । तर त्यहाँ कमाएको पैसा कसरी झिक्न सकिन्छ त ? के इन्टरनेट एकाउन्टमा डलर मात्र लेखेर केहि होला त ? इन्टरनेश्नल पेमेन्ट एकाउन्ट कसरी निर्माण गर्ने ताकि कसरी खोल्न सकिन्छ ? कसरी त्यसलाई प्रयोगमा ल्याउने साथै नेपालको लोकल पेमेन्ट एकाउन्ट (इसेवा) कसरी खोल्ने र इन्टरनेटमा कमाएको पैसा कसरी इसेवामार्फत झिक्ने यो समेत आइबिएनले सिकाउने गरेको छ ।

यसको तालिम शुल्क कति होला ? लाखौ नै लाग्ला कि ? भनेर तर्सिनेहरु पनि कम्ति छैनन् । हामी यूवाहरुको मस्तिष्कमा केहि पाउनलाई केहि गुमाउनु पर्छ भन्ने सोच भन्दा नि डर बढि छ । भय बढि छ । त्रास छ । यो हुनु म चाहि अत्यन्त स्वभाविक ठान्छु । बिगतमा पनि धेरैले कति पैसा डुबाए यस्तो अनलाइन बिजनेशको नाममा ।
मैले आफुले पनि नडुबाएको पनि कहाँ हो र ? इन्डियाको २०११ मा स्थापित अनलाइन सर्भे कम्पनी स्टार न्युजको बबन्डरले मेरो गाउँबाट लिएको २ लाख ऋण चिलिम त भयो नै । मैले सिफारिस गरेर लगानी गर्ने मेरो साथीहरु पनि लाखौ डुबेको घटनाहरु मन मनमा टिन टिन बजिरहेको छ । संझिल्याउँदा मेरो ऋणको चुकचुकी उत्ति नै छ । अरु साना तिना २०, ५०, १०० डलरका लगानी को त लेखाजोखा नै छैन । रात दिन अनलाइनमा घोटिएर महिनौ, बर्षौ लाएर अनलाइन बिजनेश कम्पनीहरुको ढोका ढक्ढकाउदा इन्टरनेट जोड्ने कम्पनीलाई इन्टरनेटको बिल तिरेर पालेको पनि कम्ति होइन ।

के सोचियो भने धेरै पैसा लगानी गरेर धेरैको आशा बोक्नु अनि अनेक सपना देख्नु(ज्ष्नज च्ष्कप ज्ष्नज न्बष्ल० सबैभन्दा बढि मुर्खता रहेछ । हुन त मेरा आइबिएनका अधिकांश साथीहरुले अन्य धेरै कम्पनीहरुमा लगानी गरेर दुई पाँच हजार पैसा फसाएको पनि धेरै सुन्नु परेको छ  । हामी बिद्यार्थीहरुको लागि त्यो पैसा धेरै ठुलो हो । यसमा म ढाडस दिनु सिवाय अरु के नै सकुला र । र मैले अत्यन्तै सजिलो र भरपर्दो कम्पनी, कम्पनीको मालिक, कम्पनीमा राम्रो सफल ब्यक्तिहरु चहार्दा चहार्दा राम्रो प्लेटफर्म पाए अनि मैले त्यहि गर्ने निर्णय ढिलो गरी गरे ।

सिक्न आउने ब्यक्तिहरुलाई रु.५००० भन्दा बढि तालिम शुल्क लिने गरिएको छैन । जसमा सबै थोक सेवा सुबिधा प्राप्त गर्नेछ । अहिले त झन् त्यसमा पनि आधा अलिकति कम छुट दिएर तालिम दिइरहेको छु । त्यति पैसा तिर्दैमा मात्र पैसा आउने कतिपनि होइन । त्यति पैसाले मासिक कम्तिमा दश हजार जति आम्दानी गर्ने प्लेटफर्म चाहि दिइन्छ ।

काम सबै गाह्रो । तर गर्न जाने हदै सजिलो पनि हो । मेहनतबाट डराउनेहरु जहिले पनि पछि नै हुन्छन् । मलाई यसमा केहि भन्नु छैन ।

आइबिएनको मोटामोटी कुराहरु यहि हुन् । बाकी कुरा यहाँ फर्म भरि पठाउनुस् । त्यसपछि बाँकी हामी आफै तपाईलाई फोन गरी राम्ररी प्रत्यक्ष पनि बताउन सक्छौ । इच्छुकले सम्पर्क गरे खेर जादैन । 
आइबिएनको बारेमा काम नगरे पनि पढेर जानकारी लिनुभयो । जसको लागि धन्यवाद । तपाईले नगरे पनि अन्य साथीहरुको लागि यो फाइदाजनक होला । अरुलाई सेयर गरी बेरोजगार साथीहरुलाई तपाईमार्फत सेयर गरेर अवसर दिन पनि कञ्जुस नगरीदिनुस् ।
धन्यवाद ।